arrow

दलित बस्तीमा ‘एक घर एक धारा’

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
tap-water.jpeg

बेनी  ।  बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् ।  अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा निर्माण भएको छ । 

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले सञ्चालन गरेको पुरुन्ते खानेपानी आयोजना आयोजनाअन्तर्गत यस गाउँका ६० घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । यस वर्ष विनियोजन भएको रु १५ लाख बजेटबाट ६० घरमा धारासहित पाइप लाइन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर दमैले बताए ।

यस आयोजनामा ध्वाखोलाको मूलमा रहेको पानीलाई पुरानो ट्याङ्कीमा जम्मा गरेर वितरण लाइनमार्फत घर–घरमा खानेपानी पुर्याउने व्यवस्था मिलाइएको छ । आगामी वर्ष खानेपानीको नयाँ सङ्कलन ट्याङ्की र धारा जडानका लागि योजना माग गरिएको उपभोक्ता समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ