arrow

विवादपछि स्थगित बागमती प्रदेशसभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
bagmati-pardehshava.png

काठमाडौं । आज बागमती प्रदेशसभाको बैठक बस्दैछ । बागमती प्रदेशसभाको आइतबार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भाइ आज बिहान ११ बजे बस्ने भएको हो । 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आइतबार साँझ बस्ने भनिएको बैठक आजका लागि सारिएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरूसँग वार्तालाभ गरी सहमति गरी विवाद टुङ्ग्याउने सम्भावना रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ