arrow

राप्ती नदीको बाढीमा फसेका छ गोठालासहित ७८ बाख्राको उद्दार

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असार १७ आइतबार
uddar-2080-03-17.jpg

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा बाढी आएसँगै थप जोखिम बढ्दै गएको छ। नदी बढेसँगै गएराति राप्तीसोनारी वडा नं २ शम्शेरगन्जस्थित राप्ती नदीको  बीचको टापु जंगलमा फसेकाहरुलाई सकुशल उद्दार गरिएको छ । 

राप्ती सोनारी गाउँपालिकाको शम्शेरगन्जस्थित राप्ती नदीको बीचको टापु जंगलमा बाख्रा गोठाला गएका छ  जना गोठालाहरु र ७८ वटा  बाख्रा शनिबार साँझ ५ बजेदेखि फसेको सूचना पाए लगत्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको  नेतृत्वमा गएको बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना , नेपाल प्रहरी , शम्शेरगन्जस्थित सशस्त्र प्रहरीको विशेष उद्दार टोलीले टापुमा फसेका ६ जना र ७८ वटा  बाख्रालाई  सकुशल उद्दार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उनीहरुको उद्दार कार्यमा सुरक्षा फौजसहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसहित स्थानीयवासीसमेत खटिएका थिए । उद्दार कार्यमा खटिएका बाँके कांग्रेसका प्रवक्ता डिल्ली गिरीले सुरक्षा निकायको सर्हानीय कार्यलाई धन्यवाद दिएका छन् ।

राप्तीसोनारी २ का स्थानीयवासीसमेत रहेका प्रवक्ता गिरीले त्यहाँका स्थानीयहरुलाई सचेत रहन आग्रहसमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ