arrow

वडाध्यक्ष धामी करणी आरोपमा कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
Malikarjun_Gaunpalika.png

दार्चुला । करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ । जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । 

महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो ।

प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथि अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ