arrow

बागमती प्रदेश सभा परिसरको हरिविजोग

logo
रविन्द्र गौतम, 
प्रकाशित २०८० असार १२ मंगलबार
bagmati-province-compound-2080-03-12.jpg

हेटौँडा । पहिलो कार्यकाल पूरा गरेर बागमती प्रदेश सभाले दोस्रो कार्यकालको दोस्रो पटक मुख्यमन्त्री पाइसक्यो । तर बागमती प्रदेश सभाहलको भने हरिविजोग छ ।

बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्रदेश सभा परिसर मंगलबार जलमग्न बन्यो । आइतबार दिउँसो आधा घण्टा जति पानी परेपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको प्रदेश सभा भवन परिसर जलमग्न हुँदा सांसदहरु बैठकस्थल छिर्न सकेनन् ।

गत असार १ गते पारित भएको आर्थिक वर्ष २०८०–०८१ को बजेटको सन्दर्भमा मंगलबार दिउँसो १ बजेदेखि प्रदेशसभा बैठक थियो । तर सोही समयमा पानी परेपछि बैठकमा सहभागी हुन आएका प्रदेश सांसदहरु हल भित्र पस्न सकेनन् । भित्र पस्नै नपाएपछि प्रदेश सभा सदस्यहरु सचिवालयको गैरजिम्मेवारीपन भन्दै आक्रोशित बनेका थिए ।

केही बेर मात्रै परेको पानीको कारण प्रदेश सभा परिसर जलमग्न हुँदा १ बजे शुरु हुने भनिएको बैठकमा सहभागी हुन सांसदहरुलाई मुस्किल परेको थियो । प्रदेश सभा छिर्ने ढोकासम्म पानी जमेपछि सांसदहरु अलमल्ल परे । 

सांसदहरू अगाडिको ढोकाबाट भित्र पस्न नसकेपछि हलको पूर्वपट्टीको ढोकाबाट पसेर बैठकमा सहभागी बनेका थिए ।

हरेक वर्ष सभाहल मर्मत गरिरहँदा र लाखौँ रकम खर्च गरिरहँदा यस्ता सामान्यखालका समस्यामा भने प्रदेश सभा सचिवालयले ध्यान दिन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ