arrow

धनगढी उपमहानगरको बजेट एक अर्ब ९३ करोड 

logo
सुनील आउजी,  
प्रकाशित २०८० असार १० आइतबार
dhangadhi-upamahanagarpalika-2080-03-10.jpg

धनगढी ।  धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि कुल  बजेट रु एक अर्ब ९३ करोड ६३ लाख २७ हजार  प्रस्तुत गरेको छ। उपप्रमुख कन्दकलाकुमारी रानाले नगरसभाको दशौँ अधिवेशनमा प्रस्तुत गरेकी हुन् ।  

कुल खर्चमा चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ छुट्याइएको छ। यसैगरी पूँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार १५५ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

धनगढी उपमहानगरपालिकाले आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार २१८ रुपैयाँ, राजस्व बाँडफाँट ४६ करोड ९७ लाख ९२ हजार रुपैयाँ, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट ९२ करोड ८५ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण प्रदेश सरकार ५ करोड ३२ लाख १२ हजार रुपैयाँ र यसरी आएको मौज्दात १२ करोड ५० लाख रुपैयाँ गरी कुल आय एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ अनुमान गरिएको छ।

यसैगरी व्ययतर्फ चालु खर्च एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ र पूँजीगत खर्चतर्फ ७५ करोड ६३ लाख २७ हजार १५५ रुपैयाँ गरी कुल एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ अनुमान गरिएको छ।

 कुल बजेटमध्ये ३६ करोड ८३ लाख ७४ हजार १९४ रुपैयाँ पूर्वाधार विकासतर्फ विनियोजन गरिएको छ। क्षेत्रगत कार्यक्रमअन्तर्गत आर्थिक विकासतर्फ कुल बजेटमध्ये ९ करोड ६५ लाख ९३ हजार ८ सय १७ रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै गरी सामाजिक विकासतर्फ  ८५ करोड ३६ लाख ५ हजार २२२ रुपैयाँ विनियोजन गरिएको छ । बजेटको ४४ दशमलव २० प्रतिशत हो। पूर्वाधार विकासतर्फ कुल बजेटमध्ये ३६ करोड ८३ लाख ७४ हजार १९४ रुपैयाँ विनियोजन भएको छ। सुशासन तथा अन्तरसम्बन्धीतर्फ कुल बजेटमध्ये ५ करोड ६५ लाख ५५ हजार ५९ रुपैयाँ विनियोजन गरिएको छ। कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार  विनियोजन गरिएको छ।  बजेटको २८ दशमलव ८० प्रतिशत हो।

आगामी आवका लागि अनुमानित आय र व्ययको रकम बराबर हुने गरी विनियोजन गरेको प्रस्तुत बजेटको अनुमान सन्तुलित बजेटको सिद्धान्तअनुसार २०८०–८१ को वार्षिक तथा कार्यक्रममा आधारित भएर तर्जुमा भएको उपप्रमुख रानाले नगरसभामा जानकारी गराइन् । प्रस्तुत गरिएको बजेट बहुमतले पारित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ