रुसमा सङ्कटका बीच अमेरिकाले भन्यो- 'निकट समन्वयमा' रहने
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
940
Shares
काठमाडौं । रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् ।
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उनले अमेरिका 'निकटको समन्वयमा रहने बताएका हुन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री ब्लिन्केनले क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र युनाइटेडका विदेशमन्त्रीहरूसँग यस विषयमा कुरा गरेको पुष्टि गरेको छ ।
"मन्त्री ब्लिन्केनले युक्रेनका लागि संयुक्त राज्य अमेरिकाले गर्दै आएको समर्थन परिवर्तन नहुने कुरा समेत दोहोएका छन् । नयाँ घटनाक्रम विकसित हुँदै जाँदा संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदारहरूसँग नजिकको समन्वयमा रहनेछ," विज्ञप्तिमा भनिएको छ ।
वाग्नर लडाकु प्रमुख येभगेनी प्रिगोजिनले टेलिग्राम पोस्टमा विद्रोहको घोषणा गरेपछि अमेरिकाको यो टिप्पणी सार्वजनिक भएको हो ।
लडाकु प्रमुखले लडाकुहरू युक्रेनबाट रूसी सेनाको विरूद्ध दक्षिणी रूसतर्फ सीमा पार गर्दै अगाडि बढेको बताएका थिए ।
यसै बीच उनले आफ्ना लडाकुले आफ्नो बाटोमा अवरोध गर्ने जो कोहीलाई नष्ट गर्ने घोषणा पनि गरेका थिए । हाल वाग्नर लडाकुले रुसमा बिद्रोह रोकेका छन् ।