arrow

सवारी दुर्घटनामा कर्णाली प्रदेश मामिला समिति सभापति खड्कासहित सात घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
jeep-accident-2080-03-09.jpg

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना भएको हो ।

रुकुम पश्चिमको चौरजहारी बजारबाट कोटजहारीतर्फ जाँदै गरेको वडा नम्बर–३ को माओवादी पार्टी कार्यालयनजिकै दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा परी समितिका सभापति खड्कासहित ७ जना घाइते भएका छन् ।

गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ