arrow

अनुसन्धान फितलो भएको भन्दै अदालतमा विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
courts.jpeg

धनुषा । आरती साहका लागि न्याय माग्दै माइती पक्षले जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माईतीपक्षको आरोप छ । 

आरती साहको माइती पक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । मंगलवार जनकपुरधामस्थित जिल्ला अदालत अगाडी प्रदर्शन गर्ने क्रममा माइती पक्षले ढुंगामुढा गरेका छन् । आरती साह प्रकरणमा अनुसन्धान फितलो भएको भन्दै माईतीपक्षले विरोध जनाएका हुन् । 

मृतक आरतीको माईतीपक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडपसमेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चार जना घाइते भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ