arrow

दुई बालिका बलात्कार आरोपमा दुई युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
crime-final-everytime-use.jpg

रौतहट । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका ८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिरलाई  प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका ८ जयराजपुरस्थित झुपडि घरमा ती नाबालिकालाई गत जेठ २८ गते दिउँसो फकिरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी रौतहट, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वृन्दावन नगरपालिका १ बस्ने ५० वर्षीय किशोरी राउतलाई  प्रहरीले पक्राउ गरेको छ । 

स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा ती किशोरीलाई राउत र सोही ठाउँ बस्ने १९ वर्षीय लालु जैसवाल समेतले जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरीले राउतलाई पक्राउ गरेको हो । 

साथै घटनामा संलग्न हाल फरार जैसवालको प्रहरीले खोजी गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ