arrow

आजबाट 'आदिपुरुष' काठमाडौंका हलमा नचल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
prabash-aadhipurush.jpg

काठमाडौं । दक्षिण भारतीय फिल्म 'आदिपुरुष'  काठमाडौं महानगरपालिकामा प्रदर्शन नहुने भएको छ । विवादका कारण महानगरपालिकामा प्रदर्शन रोकिएको हो ।

महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको विवादित अंश भारतीय फिल्मबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेपछि हलवालाहरूले पनि आजबाट प्रदर्शन रोक्ने भएका हुन् ।

चलचित्र ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्चिएसम्म सो चलचित्र प्रदर्शनमा रोक लगाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ