arrow

तीन नाबालकको भारतबाट उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
nabvalak-rautahat.JPG

रौतहट । रौतहटका तीन जना नाबालक श्रमिकको भारतबाट उद्धार गरि आफन्तको जिम्मा लगाइएको छ । सामुदायिक विकास तथा सचेतना नेपालको पहल र भारत स्थित एक गैर सरकारी संस्था तथा भारतीय प्रहरीको समन्वयमा भारतको मुम्बईको एक ब्याग उद्योगका कार्यरत नाबालकहरूको उद्धार गरिएको हो । 

उनीहरूलाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडामा आयोजित कार्यक्रममा गरि परिवारलाई जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले जानकारी दिए। 

राजपुर नगरपालिकाका एक जना,बृन्दावन नगरपालिकाका १ जना र यमुनामाइ गाउँपालिकाका एक जना गरी तीन जना नाबालकहरूलाई परिवारको जिम्मा लगाइएको हो। 

गत साउन यता २३ जना बाल श्रमिकहरूको भारतबाट उद्धार भएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख प्रसनि फुल माया गुरोले जानकारी दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ