arrow

बाह्र वर्षे बालिका बलात्कारका दोषी ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्ष कैद सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
crime-final-everytime-use.jpg

ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले नाबालिक बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ । 

मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।

इजलासले सबैभन्दा बढी प्राध्यानाध्यक फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकेको छ भने ६ लाखको दरले जरिवाना गरिएको छ । 

१२ वर्षीया नाबालिकालाई फरक–फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोगमा २३ असार २०७९ मा  मुद्दा दर्ता भएको थियो । जसको मंगलबार अन्तिम फैसला भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ