arrow

खप्तड राष्ट्रिय निकुञ्ज बाजुराको भूभागमा नपर्नु दुःखद – अध्यक्ष रावत

logo
रामबहादुर विक, 
प्रकाशित २०८० जेठ २९ सोमबार
bajura-ncp-2080-02-29.jpg

बाजुरा । खप्तड राष्ट्रिय निकुञ्ज बाजुराको भूभागमा नपर्नु दुःखद विषय भएको नेकपा एकीकृत सभाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावतले जनाएका छन् । 

पार्टीको १४ औँ जिल्ला कमिटीको नियमित बैठकका क्रममा बोल्दै अध्यक्ष रातवले खप्तड राष्ट्रिय निकुञ्ज बाजुराको भूभागमा नपर्नु दुःखद विषय भएको जनाएका हुन् । 

प्रथम खप्तड आध्यात्मिक सम्मेलनको अवसरलाई जुराएर बसेको उक्त बैठकमा खप्तड पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरसम्म पहिचान गर्न, सुदूरको सम्भावनाको पहिचान गर्न, धार्मिक पर्यटनलाई सुदूरको अर्थतन्त्रसँग जोड्न, पर्यटकीय गन्तव्यको प्रमुख केन्द्र बनाउने र सो क्षेत्रको उजागर गर्ने विषयमा छलफल भएको हो । 

बैठकका छलफलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खप्तड राष्ट्रिय निकुञ्जको पर्यटकीय प्रवद्धन गर्न र यस क्षेत्रलाई आम्दानीको स्रोत कसरी बनाउन सकिन्छ भन्ने मूल उद्धेष्य राखिएको अध्यक्ष रावतले बताए । 

उनले खप्तड क्षेत्रको जल, जमीन, त्यहाँको  सौन्दर्य र उतm क्षेत्रको जडिबुटी उपभोग गर्न नसकिएको बताए । 

‘खप्तड सुदूरपश्चिम प्रदेशका चार जिल्लाले छोएको देखिन्छ । जसमध्ये बाजुरा, अछाम, डोटी र बझाङ जिल्लाले छोएको देखिन्छ । वास्तवमा भन्ने हो भने खप्तड राष्ट्रिय निकुञ्जको आर्मी व्यारेकको आधा भाग बाजुराको सीमानामा हुन पर्ने हो तर छैन’, अध्यक्ष रावतले भने ।

गुगल म्याप हेर्ने हो भने खप्तडको खापरदह भन्दा यता मात्र बाजुराको भूगोल देखाउँछ । तर खप्तड राष्ट्रिय निकुञ्जको बोर्ड र आर्मी व्यारेकमा बाजुरा भनेर लेखिएको छ । सरकारी कर्मचारीहरु पति सेवासविधा बाजुराबाट लिइरहेका छन्  ।     

अब केन्द्र सरकार, प्रदेश सरकार र बाजुराबाट प्रतिनिधित्व गरिरहेका सांसदहरुले यसलाई नयाँ सीमांकन गरेर यसको गुगल म्यापमा पनि खप्तड राष्ट्रिय निकुञ्जको आधा व्यारेक बाजुराको भूगोल तथा सीमाना हुनुपर्ने दाबी नेकपा एसले गरेको छ । 

यसमा बाजुराका सबै राजनीतिक दल एक हुनु पर्नेमा उनको जोड छ । राउतले ‘कतै खप्तड क्षेत्रको सदुपयोगका नाममा दुरुपयोग गरेका त छैनौ ?’ भनी प्रश्न गरे । 

प्रमख खप्तड आध्यात्मिक सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको अभिव्यक्ति अनुसार सशंकित भएको उनले बताए । 

तर त्यसलाई किमार्थ स्वीकार नहुने उनले बताएका छन् । उनले भने, ‘खप्तडलाई हामी कतै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको हस्तक्षेपमा पार्ने काम त गरिरहेका छैनौँ  ?'  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ