arrow

यू–२० एसिया कप छनोटमा नेपालको बिर्सनयोग्य प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
u20-women-nepal-football-2023.jpg

काठमाडौं । एएफसी यू–२० महिला एसिया कप छनोट फुटबलको दोस्रो चरणअन्तर्गत बिहीबार भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ५–० गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०–५ गोलअन्तरले नै पराजित भएको थियो । 

बिहीबार खेलको १६औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई शुरुआती अग्रता दिलाइन् । त्यस्तै होउ युसीले खेलको २६औँ मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । 

खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले दुई गोल थप्यो । चीनकी यिनली होङ र लु जुआयुले एक– एक गोल थपे । त्यसपछि खेलको ८९औँ मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५–० को जित दिलाए । यस जितसँगै चीनले छ अङ्क जोडेको छ । चीनले पहिलो खेलमा चाइनिज ताइपेलाई १–० गोलअन्तरले पराजित गरेको थियो । 

अब नेपालले छनोट चरणको अन्तिम खेल यही जेठ २७ गते चाइनिज ताइपेईसँग खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।

तर दोस्रो चरणमा बिर्सनयोग्य प्रदर्शन गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ