arrow

देउवा र ओलीलाई नेता ठेकेदारको बचाउ नगर्न पत्राचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
deuba-oli-parliament.jpg
तस्बिर – फाइल ।

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई नेता ठेकेदारलाई कारबाही गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली गुहारेका छन् । 

गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्वद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्वद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न शीर्ष नेतालाई गुहारिएको हो ।

शाही र अधिकारी मालिक रहेको निर्माण कम्पनी सहितको जेभीले खोटाङ र उदयपुर जोड्ने महुरे–फोक्सिङटार सडकको दुई खण्डको कालोपत्रेको काम अलपत्र पारेकाले कारबाहीका लागि सम्वन्धित दलका शिर्ष नेतालाई पत्र पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । 

महुरे–फोक्सिङटार सडकको महुरे–सिमपानी ९राजापानी० २२ किलोमिटर खण्ड कालोपत्रेको ठेक्का भारत कन्ट्रक्सनरसिद्धीशाही जेभीले लिएको छ । शाही सिद्धिसाहीका मालिक हुन् । 

यस्तै, फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक कालोपत्रेको ठेक्का देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले लिएको छ । मैनाचुलीका मालिक अधिकारी हुन् । कांग्रेस डोल्पाका सभापति रहेका शाही र २०७९ मा प्रदेश सांसदमा पराजित भएका थिए ।

झापा निवारी अधिकारी एमाले नेता हुन् । ‘ठेक्का लिने अनि राजिनीतिक शक्ति केन्द्रको आडमा वर्षौंसम्म काम अलपत्र पारेर राज्य दोहन गर्ने प्रवृत्ति हावी भएको देखिन्छ’, मेयर भट्टराईले भने, ‘प्रतिष्ठित व्यक्तिबाट यस्तो निन्दनीय र घृणित कार्य हुन्छ भन्ने नगरपालिकाले कल्पना समेत गरेको थिएन तर खोटाङ्गे जनताको भावनामाथि प्रहार गर्ने गैर–जिम्मेवार व्यक्तिलाई पार्टीले च्यापिरहनु दुर्भाग्यपूर्ण छ ।

नगरपालिकाले १५ दिनभित्र सम्बन्धित नेता ठेकेदार आ–आफ्नो निर्माणस्थलमा नफर्किए देउवा र ओलीको घरदेखि पार्टी कार्यालयमा धर्ना दिने उल्लेख गरेको छ । नगरले नेता ठेकेदारको बचाउन नगर्न र कारबाहीको दायरामा ल्याउन सहयोग गर्न भन्दै ओलीलाई जेठ २४ गते र देउवालाई जेठ १८ गते पत्र पठाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ