arrow

प्रतिष्ठानका उपकुलपति साहको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
ramkewal.JPG

काठमाडौं ।  मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । 

उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । 

उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए । 

डा साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ