arrow

युरोपा कन्फ्रेस लिगको उपाधि वेष्टह्यामलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
westham-europa-conference-league-2023.jpg

काठमाडौं । युरोपा कन्फ्रेन्स लिग फुटबलको उपाधि वेस्टह्याम युनाइटेडले जितेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इङ्गलिश क्लब वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो ।

चेक रिपब्लिकमाको फोर्टुना एरिना प्राहामा  बुधबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफको ६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई १–० को अग्रता दिलाए । 

 ६७ औं मिनेटमा फियोरेन्टिना जियाकोमो बोनोभेन्चुराले गोल फर्काएपछि खेललाई १–१ को बराबरीमा ल्याए । 

त्यसपछि अतिरिक्त समयमा जरोड बोवेनले गोल गरेपछि वेस्टह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बन्न पुग्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ