arrow

अर्को विमानबाट उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
air-india.jpg

काठमाडौं ।  इन्जिन बिग्रिएपछि  रुसमा अवतरण गरेको विमानको यात्रुलाई अर्को विमानबाट गन्तव्यतर्फ पठाइएको छ । 

एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि हिजो रुसमा अवतरण गरेको थियो । 

राजधानी नयाँ दिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर विमान उडेको थियो । 

अलपत्र एयर इन्डियाका यात्रु र चालक दलका सदस्यहरूलाई एयर इन्डिया दोस्रो विमानले  उद्धार गरेको छ । 

रुसको मगदान विमानस्थलबाट एयर इन्डियाले फसेका २१६ यात्रु र  १६ चालक दलका सदस्यहरू लिएर अमेरिका प्रस्थान गरेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ