मन्त्रिपरिषद्ले गर्यो आवश्यक सेवामा हड्ताल निषेध (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
845
Shares
काठमाडौं । सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्,' गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवा सञ्चालन ऐन,२०१४ को दफा(३)को उपदफा (१) मा आवश्यक सेवामा आदेश जारी गरि हडताल निषेध गरि आदेश जारी गर्ने सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । प्रत्येक आदेश ६ महिनासम्म लागू हुने ऐनमा उल्लेख भए अनुसार मन्त्रिपरिषद्को बैठकले थप छ महिनाका लागि सो निर्णय गरेको हो ।'