arrow

आज मौसम सफा रहने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
weather-ktm-kathmandu-metro-sky.jpg

काठमाडौं ।  आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ