arrow

बजेट वक्तव्य आउनु अघिल्लो दिन मात्रै ठूलो संख्यामा गाडीहरू भित्रिए : लिङदेन (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
lingden-rajendra.JPG

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट वक्तव्य आउनु अघिल्लो दिन ठूलो संख्यामा गाडिहरू भित्रिएको दाबी गरेका छन् । उनले भोलिपल्ट बजेट वक्तव्य आउँदा खेरी करको दरमा हेरफेर भएको बताएका छन् ।  । 

केही व्यापारिक घरानाका निकट मानिएका अनधिकृत व्यक्तिलाई करको दर हेरफेरमा संलग्न गराइएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेका बेला अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।  

उनले भने, ‘ गत वर्ष पनि यस किसिमको अनधिकृत मान्छेलाई बजेट निर्माण प्रक्रियामा सामेल गराइयो भन्ने कुराहरू उठ्यो । तर, निष्कर्षमा पुग्न सकेन । र, यो वर्ष पनि बजेट वक्तव्य आउनु अघिल्लो दिन मात्रै ठूलो संख्यामा गाडिहरू भित्रिएको छ भन्छन् । र, भोलिपल्ट बजेट वक्तव्य आउँदा खेरी करको दरमा हेरफेर भएको छ । यो शङ्कास्पद थियो ।' 


सरकारले पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठलाई करारमा नियुक्ति गरी सो काम लगाइएको भन्ने झारा टार्ने ढङ्गले जवाफ दिएको उल्लेख गर्दै आपत्ति जनाए । लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्य तथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । 

उनले भने,' अहिले बजेट निर्माण प्रक्रियामा सेवा निवृत्त मान्छेलाई सामेल गरियो भन्ने कुरा आएको छ । र, सरकारले फेरी त्यो होइन । उसलाई करारमा राखिएको थियो । त्यसै भएर उनलाई सधैँझैँ प्रयोग गरिएको हो भनेर जवाफ दिने र टार्ने कोसिस गरेको छ । तर यो संसदीय छानबिन समिति गठन गरेर यो टुङ्गोमा पुग्नु पर्दछ भन्ने पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ