arrow

एएफसी यू–२० महिला एसिया कप छनोटमा नेपालको कमजोर शुरुआत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
afc-u20-women-asia-cup-qualify-nepal-palestine.jpg

काठमाडौं । एएफसी यू–२० महिला एसिया कप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ । घरेलु टोली म्यानमारसँग नेपाल फराकिलो अन्तरले पराजित भएको हो ।

यानगोनस्थित थुवुन्ना स्टेडियममा मंगलबार बेलुकी भएको खेलमा नेपाललाई म्यानमारले ५–० गोल अन्तरले हराएको हो । नेपालविरुद्ध म्यानमारले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा तीन गोल गरेको थियो ।

म्यानमारको जितमा यिन लुन इनले ह्याट्रिक गरिन् । यस्तै जिन मोई पाए र युन वादीले एक एक गोल गरिन् । 

छनोटको समूह बी मा रहेको नेपालले अब दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेइसँग खेल्नेछ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ