arrow

जर्मन रक्षामन्त्री भारतमा, समकक्षी राजनाथसँग वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
german-india-defence-minister.JPG

भारत । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस भारतमा रहेका छन् । रक्षामन्त्री बोरिस चारदिने भारत भ्रमणका क्रममा मंगलबार नयाँ दिल्ली आएका हुन् । 

उनले भारतीय समकक्षी राजनाथ सिंहसँग नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गरेका छन् । बैठकमा औद्योगिक सहयोगमा केन्द्रित रहेका द्विपक्षीय रक्षा सहयोगका विषयमा छलफल भएको ।

पिस्टोरियसलाई दिल्लीस्थित राजनाथ सिंहको उपस्थितिमा मानेकशा सेन्टरमा गार्ड अफ अनर दिइएको थियो । उनले राजधानीमा रहेको राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण समेत गरेका छन्।

पिस्टोरियसले नयाँ दिल्लीमा इनोभेसन फर डिफेन्स एक्सिलेन्सद्वारा आयोजित कार्यक्रममा केही रक्षा विषय सम्बन्धी कार्यक्रममा सहभागी हुने सम्भावना रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

भारत र जर्मनी बीचको द्विपक्षीय सम्बन्ध साझा लोकतान्त्रिक सिद्धान्तहरूमा आधारित छ र उच्च स्तरको विश्वास र पारस्परिक सम्मानद्वारा अगाडि बढेको भारतको विदेश मन्त्रालयका उल्लेख गरेको छ । दोस्रो विश्वयुद्धपछि जर्मनीसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देश भारत हो।

आफ्नो भारत भ्रमण अघि जर्मन रक्षा मन्त्रीले रूसी हतियारहरूमा भारतको निरन्तर निर्भरता जर्मनीको हितमा नभएको उल्लेख गरेको जर्मन समाचार एजेन्सी ड्यूचे वेले जनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ