arrow

डेब्युमै लिग च्याम्पियन बनेर रच्यो चर्च ब्वाइजले इतिहास 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
church-boys-union-champion-2080.jpg

काठमाडौं । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले पहिलो सहभागीतामै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेर इतिहास रचेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेलअघि नै च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो ।  यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिए पनि चर्च ब्वाइज च्याम्पियन बनेको हो ।  

यस्तो छ ए डिभिजनको रेकर्ड

चर्च ब्वाइजले ए डिभिजन लिगमा बढुवा भएकै सिजन ए डिभिजन लिगको उपाधि जितेको हो ।

चर्च ब्वाइजले बी डिभिजन लिगबाट बढुवा भएकै सिजन ए डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको हो ।

मनाङले २०४२ सालमा बी डिभिजन लिग र २०४३ सालमा ए डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो  । 

उक्त कीर्तिमान राखिएको ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानको बराबरी गरेको हो । 

यस्तै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भइसकेका बालगोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइज लिगको एक खेल बाँकी रहँदै उपाधिमा कब्जा जमाएको हो ।

नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक महर्जनले प्रशिक्षकको रुपमा पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेका हुन् ।

खेलाडीको रुपमा महर्जनले थ्री स्टारबाट एक पटक लिगको उपाधि जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ