arrow

यू–२० महिला एसिया कप छनोटको दोस्रो चरणमा नेपालले म्यानमारसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
nepal-u2०-football-2023.jpg

काठमाडौं । एएफसी यू–२० महिला एसिया कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यानमारबीचको खेल यानगोनस्थित तुवन्ना स्टेडियममा नेपाली समय अनुसार साँझ ५ः४५ बजे शुरु हुनेछ । 

नेपाली टिम दिपा शाहीको कप्तानीमा मैदान उत्रनेछ । समूह बी मा रहेको नेपालले जुन ८ मा चीन र जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ । 

समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् । यसअघि गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह बी को विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।

यसो भन्छिन् दीपा शाही– “हामी साफमा रनर अप भयौँ, लगत्तै एएएफसी पहिलो चरणको क्वालिफायर खेल्यौँ, पहिलो चरणको क्वालिफायरमा हामीले आफूभन्दा वरीयतामा माथि रहेको टिम प्यालेस्टाइन र नर्थ क्यारोलिनालाई जितेर आएका हौँ,  त्यसपछि हामीले दुई महिनाको प्रशिक्षण पछि खेल्दैछौ, टिमको मनोबल उच्च छ । वरीयतामा हामी भन्दा माथि भए पनि म्यानमार विरुद्ध हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ