arrow

कोशी प्रदेश सरकार सकसपूर्ण 

सरकारबाट बाहिरिने वा नबाहिरिने निर्णय गर्न माओवादीको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
CPN-Maoist-Center-logo.png

झापा । कोशी प्रदेश सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा निर्णय गर्न माओवादी केन्द्रले आज बैठक बोलाएको छ । माओवादीको कोशी प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । 

सोमबार बसेको बैठक अनिर्णीत बनेपछि सकसपूर्ण बनेको आज पुन माओवादी केन्द्रले थप निर्णय गर्न बैठक बोलाएको हो । सोमबार सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने निर्णय गर्न आइतबार आयोजित संसदीय दलको बैठक विरोधाभासपूर्ण निर्णय गर्दै सकिएको थियो । 

मंगलवार बैठक बस्नु अगाडी संसदीय दलका नेता इन्द्र बहादुर आङवोले पार्टीका नेताहरूसँग छलफल गर्ने र संसदीय दलको बैठकले थप निर्णय गर्ने एक सांसदले बताए ।

एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र पनि कोशी प्रदेश सरकारमा सहभागी छ । माओवादी केन्द्र सरकारबाट बाहिरिए मुख्यमन्त्री हिक्मत कुमार कार्कीको कोशी प्रदेश सरकार अल्पमतमा पर्ने देखिन्छ । केही दिनअगाडि सरकारमा सहभागी भएको जसपाले समेत सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिएको थियो ।

तर हिजो बसेको दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईँ, सांसद गणेश उप्रेती लगायतले नयाँ सरकार बनाउन पहल गर्ने निर्णय भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ