arrow

प्रक्रिया विपरीत चल्दै सभामुख, प्रचण्डले बोलेपछि ओलीलाई किन दिए रोस्टम ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
devraj-ghimire-speaker-agreesion.jpg

काठमाडौं ।  सभामुख देवराज घिमिरेले प्रक्रिया विपरीत संसद चलाएको आरोप लागेको छ । सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको आरोप  नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले लगाएका हुन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुरालाई खण्डन गर्न सभामुख घिमिरेले तत्कालै प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई रोस्टम दिएका थिए । 

त्यसरी समय दिनु संसदीय प्रणाली र प्रक्रिया विपरीत भएको पौडेलको ठहर छ । उनले प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्य, मान्यता बाहिर भएको बताए ।  

उनले भने ‘प्रचलित र स्थापित मान्यता अनुसार प्रधानमन्त्रीले जवाफ दिइसकेपछि पूर्वप्रधानमन्त्रीलाई तत्कालै त्यसको खण्डन गर्नको निम्ति सभामुखले समय दिनु संसदीय प्रणाली, प्रक्रिया विपरीतको कुरा हो । उहाँले विशेष समय लिएर अर्को कुनै दिन वा भोलि नै बोल्न सक्नुहुन्थ्यो । आजै टिट फर ट्याट गर्नुपर्ने केही पनि कारण थिएन । त्यो प्रचलित मान्यता अनुरुप पनि नमिल्ने कुरा हो । सभामुखले बुझी बुझी हो, अनुभव कम भएर हो वा कसैप्रति लोयल्टी भएर हो उनले संसदीय प्रणाली, प्रक्रिया र हाम्रो स्थापित मूल्य, मान्यताभन्दा फरक ढङ्गले आज जुन अभ्यास गराउनुभयो त्यो शोभनिय थिएन ।' 

उनले सभामुख प्रक्रियाभन्दा बाहिर जानु शोभनिय नभएको बताए । उनले सभामुखले सांसदलाई रिपोटर्स क्लब जसरी उत्ताउलो र भद्दा तरिकाले चलाएको टिप्पणी गरेका छन् ।

घिमिरे नेकपा एमालेबाट सभामुख बनेका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ