arrow

४० मिनेटसम्म बज्यो पुटिनको नक्कली सन्देश 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
putin- TASS HOST PHOTO AGENCY.jpg

रुस ।  रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका  छन् ।  रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको  छ ।
 
ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।  

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भईरहेको छ ।

रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ ।

"यो वास्तवमै ह्याक थियो," क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भनेका थिए । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश "नक्कली" भएको बताएको छ जसको उद्देश्य "शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न" केन्द्रित रहेको बुझिएको छ ।

एमआरआइ रेडियो स्टेशनले  ह्याकिंगलाई "पूर्ण नक्कली र उत्तेजक" भनेको छ जुन  करिब ४० मिनेटसम्म प्रसारित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ