arrow

श्रीगणेशको प्रिय दिनमा यस्तो हुनेछ राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
rashifal-horoscope-green_1618196829.jpg

आजको पञ्चाङ्ग

मिति २०८० जेठ २३ गते मंगलबार, इस्वीसंवत जून ६ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको द्धित्तीया तिथि बिहानमा ७ः४१ बजेसम्म त्यसपछि तृत्तीया तिथि लाग्नेछ ।

नक्षत्रमा पूर्वाषाढा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा शुभ १३ घटि ३४ पलासम्म त्यसपछि ब्रह्म योग लाग्नेछ । करणमा तैतिल २८ घटि ५४ पलासम्म त्यसपछि बब लाग्नेछ । आनन्दादि योगमा मित्र रहनेछ । सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि २५ पला अर्थात १३ घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१० बजे जयदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०६ः५४ बजे हुनेछ । यस्तै, चन्द्रउदय साँझमा ७ः२६ बजे हुनेछ भने चन्द्रअस्त रातिमा ४ः५१ बजे हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय खराव रहनेछ । काम गर्ने सवालमा होशियार रहनुहोला । काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानी हुँने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रमको फल अरुले नै हत्याउन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । परीक्षामा पनि राम्रो नतिजा नआउँदा तनाव उत्पन्न हुनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो रहनेछैन । सरकारी तथा प्रशासनिक स्तरबाट आवश्यक सहयोग नपाईने हुदा समयमा कामहरु सम्पादन हुने छैनन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुनेछैन । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।

मिथुन : मथुन राशि भएकाहरूका लागि समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने विभिन्न क्रियाकलापमा सहभागी भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हँुदा मन प्रशन्न रहनेछ । आज तपाइँको हातमा टाढाबाट धन प्राप्त हुनेछ । बिहान आफन्तसँगको भेटघाटले दिनभर खुशीयाली छाउनेछ । तर आज दक्षिणतर्फको यात्रा जोखिमपूर्ण देखिन्छ ।

कर्कट : कर्कट राशिका लागि आज स्वास्थ्य भरपर्दो रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जाने तथा आम्दानीका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमतापूर्वक गरिएको श्रमबाट मनग्य रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरीको यात्रा तय गर्न सकिनेछ ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज समय शुभ छैन । नीति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । शत्रुले दुःख दिनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् । सीमित स्रोत तथा साधनबाट असीमित आवश्यक्ताहरु पूरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानीका स्रोतहरु साघुरा हुनेछन् । आज पारिवारिक तनाव पनि बढ्न सक्छ त्यसमा तपाइँ पुरुषहरु विशेष सतर्क हुन आवश्यक छ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय तथा स्वास्थ्य राम्रो छैन । आफन्तहरु टाढिनेछन् भने शुभचिन्तकको सहयोग तथा समर्थन पाईने छैन । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा पनि आलोचनाको सिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अविश्वास बढ्नेछ भने घर आमासँग पनि मनमुटाव सिर्जना हुनेछ । आज टाढाको यात्रा र घरबाहिर खानेकुरा नखानुहोला ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै शुभ छ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् । छोटो तथा लामो दुरीको उपलब्धिमूलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखी कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय खराब छ । राजनीति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरु तपाईभन्दा बलिया हुन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हावी हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरु निरर्थक हुनेछन् ।

धनु : धनु राशिका लागि आज पनि स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ । कामका लागि विदेश जाने सम्भावना पनि छ । आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ । आर्थिक क्षेत्रमा उतारचढाउ आउन सक्छन् । तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ र त्यसैले आर्थिक जीवनमा आय र व्ययमा उचित समायोजन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पुरस्कृत हुने अवसर पनि आज मिल्न सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय तथा स्वास्थ्य अनुकुल छैन । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वसँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । आज दक्षिणतर्फको यात्रा नगर्नुहोला । तपाइँको हातबाट नगद कारोबार पनि नगर्नुहोला ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठूलो उपलब्धि हासेल गर्नु हुने छ । आर्थिक लाभका बलिया अवसरहरू छन् । ब्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन् । आज तपाईँ प्रशस्त धन कमाउन सफल हुनुहुने छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम छ । तपाईँले आरोह अवरोहको सामना गर्नु पर्नेछ । प्रेम जीवनका लागि अनुकूल छैन । प्रेम जीवनमा चुनौतिको सामना गर्नु पर्न सक्छ । नोकरी र ब्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ । गाडी सावधानीपूर्वक हाक्नुहोला । आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ । दिदी बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा ध्यान नजाँदा नतिजा अरुकै पक्षमा आउनेछ ।

साइतः सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।   

शुभ लाभादि बेला

बिहान ०५ः०९ बजेदेखि      ०६ः५२ बजेसम्म     रोग बेला
बिहान ०६ः५२ बजेदेखि      ०८ः३५ बजेसम्म     उद्धेग बेला
बिहान ०८ः३५ बजेदेखि      १०ः१८ बजेसम्म     चर बेला
बिहान १०ः१८ बजेदेखि       १२ः०१ बजेसम्म    लाभ बेला
दिनमा १२ः०१ बजेदेखि       १ः४४ बजेसम्म     अमृत बेला
दिनमा १ः४४ बजेदेखि        ३ः२६ बजेसम्म      काल बेला
दिनमा ३ः२६ बजेदेखि        ५ः०९ बजेसम्म      शुभ बेला
साँझ ५ः०९ बजेदेखि        ६ः५२ बजेसम्म       रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ