arrow

संसदमै केपी ओलीले गरे नेपाली मिडियाको अपमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
kp-oli-2080-02-22c.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाको फेरि एक पटक अपमान गरेका छन् । 

पटक पटक नेपाली मिडियामाथि आक्रोश पोख्दै आएका ओलीले यसपालि प्रतिनिधि सभाको बैठकमै अपमान गरेका हुन् । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्कदा राँगामात्रै ल्याएर आएको भन्ने प्रसङ्ग जोड्दा मिडियाले पनि देखाए होलान् भन्दै ‘मिडियामा त के देखाउँछ के देखाउँदैन’ भन्दै आरोप लगाए । 

उनले भने, ‘मलाई राँगो चढेर आयो भनेर पनि भने । त्यो पनि देखाए । चढेको पनि देखाए होलान् । मिडियामा त के देखाउँछ के देखाउँदैन । नेपालमा दुनियाँमा नभएको स्वतन्त्र मिडिया छ । राँगा चढेर आएको पनि देखाए होला । के भए होला ।’

केपी ओलीले पटक पटक नेपाली आमसञ्चारमाथि यसरी नै आक्रमण गर्दै आएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ