arrow

प्रधानमन्त्रीज्यूले ल्याएको चाहिँ १५ वटा राँगा नै हो – केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
kp-oli-2080-02-22b.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट ल्याएको १५ वटा राँगामात्रै भएको बताएका छन् । 

प्रतिनिधि सभामा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यूले ल्याएको चाहिँ १५ वटा राँगा नै हो । अरु ल्याएको देखाउन त प्रमाण दिनुपर्छ ।’

उनले फेरि भने, 'साँच्चै ल्याएको १५ वटा राँगा ।'

उनले प्रचण्डको भारत भ्रमण व्यर्थको भएको बताए । सो क्रममा उनले आफूले राँगो चढेको बताए । उनले भने, ‘म राँगा चढ्या हो ।’

उनले आफूले बोेलेको कुरा संसदबाट हटाए हटाइयोस् भन्दै विवाद राँगा चढेकोमा वा राँगाजस्तै जहाज चढेकोमा भन्ने नभइ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको प्रोटोकल नमिलेको बताए । 

उनले परिवारको सदस्य वार्तामा राख्न नहुने स्पष्ट पारे । ओलीले छोरी लिएर गएर भेटवार्तामा राख्न नपाइने स्पष्ट पारे । वार्तामा परराष्ट्र मन्त्री हुनुपर्नेमा ओलीले जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ