arrow

म सिद्धान्तत धर्म निरपेक्षवादी हुँ – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
prachanda-india-puja-2080-02-19.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू धर्मनिरपेक्षवादी रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफू ‘सिद्धान्तत धर्म निरपेक्षवादी हुँ’ भने । 

उनले जनताका जुनसुकै धर्मको आस्थालाई अपमान गर्न नहुने बताए । भारतको उज्जैनमा गएर पूजा गरेको बारेमा स्पष्ट पार्दै प्रचण्डले भने, ‘उज्जैनमा गएर महाकालेश्वरमा गएर पूजा गरेको त सबैले देख्नुभयो । तर बुद्धिष्टमा गएर बुद्धबारे पनि बोलेको देख्नु भएकै छ । मुस्लिममा गएर मुस्लिमको टोपी लगाएर आस्था देखाएको पनि देख्नु भएकै छ ।’
 
उनले उज्जैनबारे भने, ‘एकैदिनमा डेढ लाखसम्म पर्यटक जाने उज्जैन रहेछ । मैले त एक पटक हेर्न जानुपर्ने भन्ने ठानेँ । सरकार हुनुको र प्रधानमन्त्री हुनुको नाताले म बुझ्नका लागि गएको हुँ । मेरो प्राथमिकता सोलिड वेष्ट म्यानेजमेन्ट र आईटीमा थियो । तर त्यहाँ गएपछि उज्जैन पनि गएँ । त्यहाँ गइसकेपछि गेरु लाउँदिन भन्नुको पनि अर्थ छैन । सन् २०२२ देखि प्रोटोकल रहेछ गेरु व्रस्त लगाउने । यसले धार्मिक पर्यटन प्रवर्दन गरेकै छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ