arrow

नागरिकता विधेयक प्रमाणीकरणका लागि सिफारिस हैन अनुरोध गरिएको हो – प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
prachanda-2080-02-22e.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आफू विनम्र हुँदाहुँदै पनि विरोध भएकोप्रति दुःख व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा अवरोध भएपछि त्यसको प्रतिउत्तरमा प्रचण्डले दुःख व्यक्त गरेका हुन् । 

उनले शुरुआती सम्बोधनको क्रममा नागरिकता विधेयकबारे सर्वोच्च अदालतमा अन्तरिम आदेश जारी भइसकेको भन्दै अदालतमा पुगेको विषयलाई बोल्दा उपयुक्त नहुने बताए पनि पटक पटक प्रतिपक्ष दलका सांसदहरुले त्यही विधेयकमाथि नै प्रश्न उठाएका हुन् । 

प्रचण्डले अहिले पनि संविधानको ब्याख्या कसरी गर्ने भन्ने बारेमा आफूहरु पटक पटक परेको बारेमा दुःख व्यक्त गरेका छन् । 

दुई पटक पास भइसकेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी थन्क्याएपछि त्यो विधेयक के गर्ने भन्ने बारेमा संविधानमा नलेखिएको भन्दै यो विवाद आउने थिएन भने । 

उनले राष्ट्रपति कहाँ निर्णय गरेर सिफारिस नगरेको र आफूहरुलाई त्यो हैसियत नभएको भन्दै नेपाली जनताको सर्वोच्चतालाई ध्यानमा राखेर सम्माननीय राष्ट्रपतिसँग अनुरोध गर्ने भनेर भनेको पनि बताए । 

प्रचण्डले सिफारिस र अनुरोध भन्ने शब्द पनि फरक भएको बताए । 

उनले दुवै सदनबाट दुई पटक पारित भएर आएको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा रहेको भनेर जानकारी गराउने निकाय सरकार नै भएकाले त्यसको जानकारी दिनमात्र राष्ट्रपतिलाई खोजिएको स्पष्ट पारे । 

उनले यो विधेयक शून्यमा जाने विधेयक नभएकोसमेत स्पष्ट पारे । सरकारले त्यो प्रमाणीकरणका लागि दरारमा थन्किएको छ हेर्नुस् त भनेर अनुरोध मात्र गरेको स्पष्ट पारे । 

उनले राष्ट्रपति मनमौजी नहोस् भन्नका लागि पनि सरकारले विधेयकबारे सम्झाएको बताए । 

लोकतन्त्रलाई रक्षा गर्नका लागि यसो गरिएको पनि प्रचण्डले बताए । उनले राष्ट्रपति मनमौजी भएर जस्तासुकै गम्भीर विधेयक पनि प्रमाणीकरण नगरी राखिदिने हो भने यसले झन् लोकतन्त्र खतरामा पर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ