arrow

यसमा हामी खुशी हुने की दु:ख मनाउने ?  : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
prachanda-parliament-2080-02-04.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताएको संसद्लाई जानकारी गराएका छन् । आजको सदनमा आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो भनेका हुन् ।  

उनले दुई मुलुकबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरूको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दावी समेत गरे । उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रूपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकिर समेत गरे । 

उनले भने,' भारतीय प्रधानमन्त्रीले मैले बोल्नु भन्दा अघि नै सीमा समस्या अब हल गरिन्छ भन्नुभयो । हिमालयको उचाइमा दुई देशको सम्बन्ध पुर्‍याइन्छ । अहिले वहाँले सुपर हित हो भन्नु भयो ।  यसमा हामी खुशी हुने की दुख मनाउने ?  यसमा मलाई लाग्छ हामी सबै नेपालीका लागि खुशीको कुरा हो कि भारतीय प्रधानमन्त्री सीमा लगायतका विषय हल गरिन्छ भनेर घोषणा गरेको ।  लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’  

उनले  भारत भ्रमण सफल मात्र भएन तुलनात्मक रूपमा पनि सफल भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ