-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अमेरिकी रक्षा सचिव लोयड अस्टिन दुई दिने भ्रमणमा क्रममा भारतमा रहेका छन् ।
आइतबार भारत आएका आज उनले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
दुवैबीच रक्षा परियोजनाहरूका बारे कुराकानी हुने बताइएको छ ।
बैठकमा सिंहले अमेरिकी लडाकु विमानको प्रविधि साझा गर्ने र ड्रोन खरिद बारे कुरा गर्न बताइएको छ ।
भारतले ड्रोनलाई चीनसँगको एलएसीमा निगरानी र सुरक्षा बढाउन प्रयोग गर्नेछ।