arrow

संसद अवरुद्ध

प्रचण्डले जवाफ नदिएसम्म एमाले, राप्रपा र रास्वपाले संसद चल्न नदिने

बैठक एक घण्टाका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
parliament-2080-02-21z.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल एमाले र अन्य प्रतिपक्ष दलहरु राप्रपा र रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रोष्ट्रममा आएर जवाफ नदिएसम्म संसद अगाडि बढ्न नदिने भन्दै संसद अवरुद्ध गरेका छन् । 

सभामुख देवराज घिमिरेले पटक पटक सरकारलाई रुलिङ गरेकोे, प्रधानमन्त्रीले उपयुक्त समयमा आएर जवाफ दिने भन्दै संसदको नियमित क्रियाकलाप अगाडि बढाउन माग गरे पनि सांसदहरुले भने नाराबाजी गर्दै अवरुद्ध गरेका छन् । 

प्रतिपक्ष सांसदहरुले प्रचण्डको भारत भ्रमणका क्रममा उठेका विवादित विषयको जवाफ र राष्ट्रपतिले गत १७ गते गरेको नागरिकता विधेयक प्रमाणीकरणसँगै तीनै तहका अदालतले जन्मकैद सुनाएका रेशम चौधरीलाई सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै आममाफी दिइएको भन्दै जवाफ खोजेका छन् । 

सभामुखले भने पटक पटक कार्यसूची अन्तर्गत जान वातावरण बनाउन आग्रह गरेका छन् । 

आजदेखि गत जेठ १५ गते सार्वजनिक भएको बजेटमा छलफल गर्ने कार्यक्रम छ । 

बैठक एक घण्टाका लागि स्थगित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ