arrow

गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरौँ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
surendraraj-pandey-chief-minister-gandaki.jpg

गण्डकी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने बताएका छन् ।

 कास्कीको अन्नपूर्ण गाउँपालिका-११ घान्दु्रकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवमा उनले गाँजाबाट औषधि र डाँठबाट धागोको कच्चा पदार्थ निकाल्न सकिने उल्लेख गरे । 

“सम्भाव्यता अध्ययन गरेर औषधिजन्य प्रयोजनका लागि गाँजाको खेती खुला गर्नुपर्छ, यसका लागि कानून र नियमनकारी निकाय चाहिन्छ”, मुख्यमन्त्री पाण्डेले भने, “गाजाँ खेतीलाई वैधानिक बनाउन सकियो भने बाँझो रहेको जग्गाको सदुपयोग हुन्छ, आम्दानीको ठूलो स्रोत बन्छ ।”

सङ्घ सरकारले नीति तथा कार्यक्रममा गाँजा खेतीको अध्ययन गर्ने विषय समेटेकामा उनले खुसी व्यक्त गरे । 

“यो विषयमा हामीले बेलाबेला कुरा उठाउँदै आएका छौँ, सङ्घ सरकारले नै गाँजाको अध्ययन कुरामा जोड दिएको छ, यो राम्रो कुरा हो”, मुख्यमन्त्री पाण्डेले भने ।

उनले घरेलु मदिरालाई पनि गुणस्तर कायम गरेर बजारमा सहज बिक्री वितरण गर्ने वातावरण बनाउनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ