arrow

इन्दोरमा प्रचण्डको भब्य स्वागत [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
prachanda-indore-india-2080-02-19 (25).jpg

काठमाडौ‌‌ । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार इन्दोरमा भव्य स्वागत गरिएको छ ।

विशेष विमानमार्फत इन्दोर प्रस्थान पुगेका प्रधानमन्त्री दाहालका लागि स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो भने भब्य साजसज्जा गरिएको थियो । 

महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दोर प्रस्थान गरेका हुन् । सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलले प्रधानमन्त्री प्रचण्डको स्वागत गरेका थिए ।

सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए । विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए ।

मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहने छन् । भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन् । 

आजै प्रधानमन्त्री दाहालको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । 
 
शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारीसमेत भएको थियो । 

प्रधानमन्त्री दाहालसहितको एक सय २० सदस्यीय जम्बो टोली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

 

prachanda-indore-india-2080-02-19 (7).jpg
prachanda-indore-india-2080-02-19 (8).jpg
prachanda-indore-india-2080-02-19 (9).jpg
prachanda-indore-india-2080-02-19 (10).jpg
prachanda-indore-india-2080-02-19 (11).jpg
prachanda-indore-india-2080-02-19 (15).jpg
prachanda-indore-india-2080-02-19 (16).jpg
prachanda-indore-india-2080-02-19 (17).jpg
prachanda-indore-india-2080-02-19 (18).jpg
prachanda-indore-india-2080-02-19 (19).jpg
prachanda-indore-india-2080-02-19 (20).jpg
prachanda-indore-india-2080-02-19 (21).jpg
prachanda-indore-india-2080-02-19 (22).jpg
prachanda-indore-india-2080-02-19 (23).jpg
prachanda-indore-india-2080-02-19 (24).jpg
prachanda-indore-india-2080-02-19 (25).jpg
prachanda-indore-india-2080-02-19 (26).jpg
prachanda-indore-india-2080-02-19 (27).jpg
prachanda-indore-india-2080-02-19 (28).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ