arrow

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेश अधिवेशनको गगन थापाले उद्घाटन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
Nepal-Press-Union-600x300.jpg

काठमाडौं । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन आज थापागाउँस्थित युनियनको केन्द्रीय कार्यालयसँगै रहेको काठमाडौं ब्याङ्क्वेटमा हुन लागेको छ । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा हुन लागेको अधिवेशनबाट प्रदेशको पहिलो कार्यसमिति पनि गठन गरिने छ । योसँगै युनियनको सबै प्रदेशमा कार्यसमिति गठन गर्ने कार्य सकिने छ ।  

प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र झण्डै ३० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । प्रेस युनियनमा राज्यका सात प्रदेश सहित उपत्यका तथा प्रतिष्ठान प्रदेश गरी आठ प्रदेशको व्यवस्था छ । 

उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन मूल समिति गठन गरिएको छ ।

अन्य प्रदेशका अधिवेशनमा गरिएको अभ्यास अनुसार नै उपत्यका तथा प्रतिष्ठान प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश अन्तर्गतका शाखा अध्यक्षहरू मूल समितिको सदस्य रहने व्यवस्था गरिएको छ । 

उपत्यका तथा प्रतिष्ठान प्रदेश अन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला शाखा, साँघु उपशाखा र अन्य आठ प्रतिष्ठान शाखा गरी कूल १२ शाखा रहेका छन् । ती शाखाहरूबाट निर्वाचित झण्डै चार सय प्रदेश प्रतिनिधिहरूबाट प्रदेश कार्यसमिति गठन गरिनेछ । 

कार्यसमिति सर्वसम्मत गठन गर्नका लागि सहमति समन्वय समिति र निर्वाचन प्रयोजनका लागि निर्वाचन समिति पनि गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ