arrow

कीर्तिमानी आरोही हरिलाई कांग्रेसको सम्मान [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
_MG_5205.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताएका छन् । 

बिहीबार धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले दुवै खुट्टा गुमाएर पनि हरेश नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताए ।

‘दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर, सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । उहाँलाई धेरैलाई यस बखत सहयोग गर्नुभयो । सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामना । उहाँको थप जीवन उन्नति होस् । यो अत्यन्त महत्वपूर्ण सफलता हो । यो हाम्रो पार्टी र देशका लागि गर्वको कुरा हो’ देउवाले भने । 

उनले पार्टी कार्यालयमा सम्मान गर्न खोजेको भए पनि पार्टी कार्यालय शोकमा रहेको भन्दै आफू बसेको निवासमै सम्मान गरेका हुन् । 

कांग्रेस नेता मनोजमणि आचार्यले विश्व कीर्तिमान राखेर नेपालको गौरब बढाएको भन्दै बधाइसहित आगामी दिनका लागि शुभकामना दिए । 

सम्मान ग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाहरुका लागि बाधा पर्ने कानूनहरुको अड्चन फुकाउनु रहेको बताए ।

उनले सरकारले शारीरिक अशक्त भएकाहरुलाई सरकारले कानूनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिबद्धता जनाए ।

उनले भने, ‘यही सरकार थियो, मलाई दुवै हात, खुट्टा, आँखा नहुनेलाई कानून ल्याइएको थियो । त्यहाँ ६ हजारमाथि माथिका हिमाल चढ्न नमिल्ने कानून थियो । हामीले सबै मिलेर मुद्दा लड्यौँ । हामीले जित्यौँ । कानून मिलेपछि चढ्न ६ वर्ष लाग्यो । अब अरुलाई अवसर दिनुपर्छ । हामीले कसरी सशक्त रुपमा अघि बढ्नुपर्छ । सरकारलाई पनि सुसूचित बनाउनुपर्छ । त्यस्ता कानून अब ल्याउनु भएन ।’

उनले जलवायु परिवर्तनका कारण हिमालहरुमा धेरै असर पुगेको भन्दै बचाउन लाग्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तनको अभियानमा आफू लाग्नेसमेत बताएका छन् । 

रोल्पामा जन्मेका बुढामगरले विश्वशान्तिका लागि पनि आफू अगाडि बढेर लाग्ने बताए । 

कार्यक्रममा हरिका बाबु र भाइ पनि रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ