arrow

मिनाक्षीले गरिन् प्रचण्डलाई स्वागत [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
prachanda-india-welcome-2080-02-17.jpg

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् ।

नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

भारत भ्रमणका क्रममा बिहीबार समकक्षी नरेन्द्र मोदीसहितसँग भेटवार्ता गर्ने प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । 

बिहीबार दिल्ली भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यतालिका छ भने सोही क्रममा दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ । 

के छ कार्यक्रम ?
विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड सिधै भ्रमण दलका लागि बस्न तय गरिएको होटल आईटीसी मौर्य पुग्नेछन् । त्यहीँ बुधबार नै प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री मोदीको खासगरी छिमेक नीतिमा मन्त्रीकै हैसियतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल निर्णायक मानिन्छन् । बुधबार नै भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि सोही होटलमै प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्ने कार्यतालिका रहेको छ । 

त्यसपछि उनी बुधबार साँझ दिल्लीस्थित नेपाली राजदूतावास पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री प्रचण्डको सम्मानमा दूतावासले ‘रिसेप्सन’ आयोजना गरेको छ । जहाँ प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका प्रवासी नेपालीहरूलाई सम्बोधन गर्ने कार्यक्रम बनेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने । 

भ्रमणको दोस्रो दिन अर्थात् जेठ १८ गते बिहीबार भने प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । मोदीसँग बिहीबार दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डले विहान ११ बजे दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

हैदराबाद हाउसमा हुने औपचारिक भेटवार्ता बिहान ११ बजेका लागि तय भएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहानै महात्मा गान्धीको समाधी स्थलमा श्रद्धाञ्जली अर्पण गर्न जाने कार्यक्रम बनेको छ ।

प्रधानमन्त्री प्रचण्डकाका प्रेस सल्लाहकार गोविन्द आचार्यले मोदीसँग बिहान ११ बजे भेट तय भएको बताए । उनले मोदीसँगको भेटमा दुई पक्षीय र बुहपक्षीय वार्ताहरू हुने बताए । हैदराबाद हाउसको दुई पक्षीय वार्तापछि त्यहीँ संयुक्त पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले सम्बोधन गर्ने कार्यक्रम पनि बनेको छ ।

संयुक्त सम्बोधनपछि मोदीले प्रधानमन्त्रीको सम्मानका लागि दिवा भोजको आयोजना गर्नेछन् । त्यसपछि बिहीबार नै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । 

बिहीबार साँझ प्रधानमन्त्री दाहालले होटल मौर्यमै नेपाल र भारतका उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्ने कार्यक्रम बनेको छ । 

भ्रमणको तेस्रो दिन शुक्रबार भने प्रधानमन्त्री प्रचण्ड भारतको मध्यप्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको दर्शन र इन्दोर शहरको भ्रमणमा निस्कने छन् । दिल्लीबाट करिब डेढ घण्टाको उडान दूरीमा रहेको इन्दोरमै त्यसदिन प्रधानमन्त्री प्रचण्डले रात बिताउने तयारी छ। 

भारतको सबैभन्दा सफा शहरको रुपमा चिनिने इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई फोहरमैला व्यवस्थापनबारे जानकारी दिने कार्यक्रम तय भएको छ । 

शनिबार इन्दोरबाट दिल्ली आएपछि विमानस्थलबाटै प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्केने तय भएको छ । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा रक्सौल–वीरगञ्ज–सिमरा नाका धेरै ब्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल हुने भएको छ ।

विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि नेपालले भारतीय पक्षसँग प्रधानमन्त्रीको भ्रमणका क्रममा जोड दिने तयारी गरेको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए ।

pmprachandaindia2080 (6).jpg
pmprachandaindia2080 (7).jpg
pmprachandaindia2080 (8).jpg
pmprachandaindia2080 (9).jpg
pmprachandaindia2080 (1).jpg
pmprachandaindia2080 (2).jpg
pmprachandaindia2080 (3).jpg
pmprachandaindia2080 (4).jpg
pmprachandaindia2080 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ