arrow

पुष्पा २ को बस दुर्घटनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
pushpa-the-rule.jpg

काठमाडौं । बहुप्रतिक्षित चलचित्र पुष्पा २ को शुटिङबाट कलाकारहरु बोकेको बस दुर्घटनामा परेको छ । 

अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर चलचित्र पुष्पा–द राइजको सफलतापछि एकाएक प्रतिक्षित बनेको उक्त फिल्मको पुष्पा–द रुलको शुटिङ भइरहँदा बस दुर्घटनामा परेको हो । 

रिपोर्टका अनुसार दुई कलाकार घाइते भएका छन् । समाचार एजेन्सी आईएएनएसका अनुसार आन्ध्र प्रदेशबाट हैदराबाद शुटिङ गरेर फर्कने क्रममा बस नलगोन्डा हैदराबाद–विजयवाडा राजमार्गमा कलाकार चढेको बस आरटीसी बससँग ठोक्किएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा लगिएको छ । 

पुष्पा–द रुल सन् २०२४ मा रिलिज हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ