arrow

जसपा कोशी प्रदेश सरकारबाट बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
jasapa-flag-evergreen.jpg

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । 

सुनसरीको इटहरीमा बुधबार बसेको जसपा प्रदेश समिति बैठकले कोशी प्रदेशबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । 

प्रदेशको कोशी नामांकनको विषयलाई लिएर आन्दोलन भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो ।

कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन् । उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय बैठकले गरेको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ