arrow

भारत जानु अघि राष्ट्रपतिलाई भेटे प्रचण्डले

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
prachanda-ramchandra-poudel.jpg
तस्बिर फाइल

काठमाडौं ।  मित्रराष्ट्र भारतको भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका छन् । आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेट गरेका हुन् । 

सो भेटमा प्रधानमन्त्री  प्रचण्डले आजदेखि हुने आफ्नो भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका थिए । चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री आज भारत जाँदै छन् ।  प्रधानमन्त्री  नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसो १:२५ बजे भारत प्रस्थान गर्नेछन् । 

प्रचण्डसँगै भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित भारत जानेछन् ।   प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ