arrow

धार्मिक भ्रमणमा गएको बस तरङ्गेमा दुर्घटना, नौ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
bus-accident-2080-02-16.jpg

कावासोती । कालीगण्डकी करिडोरको गैंडाकोट बुलिङ्गटार सडकखण्डको तरङ्गेमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

चितवनबाट बुलिङटारको घुमारीघाटमा धार्मिक भ्रमणमा गएको बा २ ख ७५८३ नं।को बस गैंडाकोट ३ तरङ्गे खोला नजिकै ब्रेकफेल भई सडकको बाँया साइडमा पल्टिन जाँदा उक्त बसमा सवार २७ जना यात्रु मध्ये ९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले जानकारी दिए ।

डीएसपी पाठकका अनुसार घाइतेहरुलाई उपचारका लागि मेडिकल कलेज भरतपुरतर्फ पठाईएको छ । बसमा सवार यात्रुको संख्या २७ भए पनि यकिन विवरण आउन भने बाँकी रहेको पाठकले बताए ।

सकुसल यात्रु अर्को सवारी साधनमा घर फर्किएका बताउँदै पाठकले घाइतेको परिचय खुलिनसकेको बताए । घटनास्थल गैंडाकोटबाट २७ किलोमिटर उत्तरमा पर्ने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ