arrow

राप्तीसोनारी जंगलमा बस र जीप ठोक्किँदा दुई जनाको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०८० जेठ १६ मंगलबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारीस्थित पूर्व–राजमार्ग अन्तर्गत ढकेरीमा बस र जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज अपराह्न साढे ४ बजे नेपालगन्जदेखि काकडभित्ता जाँदै गरेको भे १ ख ३३३५ नम्बर को बस र बुटवलदेखि नेपालगन्जतर्फ आउँदै गरेको बा १३ छ ८२५३ नम्बर जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखा घर भएर सशस्त्र प्रहरी बलमा कार्यरत ३७ वर्षीय सुवास अधिकारी र रुपन्देहीकी ५४ वर्षीया डा.सन्जु खाती खड्का रहेका छन् ।

सामान्य घाइते भएका बस चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ