arrow

सुनिल डराएनन् अन्डरवर्ल्डसँग, थर्काउँथे उल्टै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
sunil-shetty.jpg

काठमाडौं । सुनील शेट्टीले हालै दिएको एक अन्तर्वार्तामा अन्डरवर्ल्डको फोनबाट आफू डराउने नगरेको बताएका छन् । सुनिलका अनुसार कुनै समय उनलाई पनि अन्डरवर्ल्डबाट फोन आउने गर्दथ्यो । यद्यपि सुनिल शेट्टी यी फोन कलबाट डराएनन्। 

सुनिलले उल्टो ती व्यक्तिलाई गाली गर्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘हामी त्यो समयबाट गुज्रिरहेका थियौँ, जब मुम्बईमा अन्डरवर्ल्ड फस्टाएको थियो । मलाई ती व्यक्तिहरूबाट फोनहरू आउँथे कि तिनीहरूले यो गर्छन् र त्यो गर्नेछन्। मैले उल्टो गाली गर्थेँ ।'

सुनिललाई प्रहरीले त्यसो गर्नबाट रोके तर पनि मानेनन् । सुनिलले जीवनमा यस्ता धेरै काम गरेको बताए, जुन आफ्ना छोराछोरीलाई कहिल्यै भनेनन् । उनी थप्छन्,' प्रहरीले यस्ता मान्छेसँग कुरा नगर्नू भन्थे । रिस उठ्यो भने जे पनि गर्न सक्छन् । मैले केही गल्ती गरेको छैन भने किन डराउने भनेर उनीहरूलाई भन्थेँ । म एक जिम्मेवार व्यक्ति हुँ, त्यसैले यी सबै कुराहरू मेरो परिवारसँग कहिल्यै बाँडिन।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ