arrow

तेस्रो विवाह गर्दै आमिर खान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
amir-khan-co-star-dangal.jpg

मुम्बई । आमिर खान आजकल चर्चामा छन् । जसको कारण कुनै आगामी फिल्मसँग नभइ उनको व्यक्तिगत जीवनसँग जोडिएको छ । वास्तवमा हालै मिस्टर पर्फेक्सनिष्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएकी थिइन् ।

यसै क्रममा दुवैलाई सँगसँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तीव्रता लिएको थियो र फ्यानहरुले आ–आफ्ना प्रतिक्रिया दिएका थिए । 

यसै क्रममा ट्विटरमा के आरकेले बलिउड अभिनेता आमिर खानले आफ्नी सहकलाकार अभिनेत्री फातिमा सनासँग विवाह गर्ने नयाँ दाबी गरेका छन्, जुन उनको तेस्रो विवाह हुनेछ ।

वाईआरएफको ठग्स अफ हिन्दोस्तानमा सँगसँगै काम गरेपछि फ्यानले आमिर खान र फातिमा सनाको जोडीलाई हेरिरहेका थिए । यसै क्रममा दुवैको डेटिङको हल्ला चलेको थियो । 

यसैबीच दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ जसमा उनीहरु पिकलबल खेल्दै देखिएका छन् । यो भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिएका छन् ।

तर अहिले केआरकेले ट्वीट गर्दै दाबी गरेका छन् । उनले लेखेका छन्, ‘ब्रेकिंग न्यूजः आमिर खान छिट्टै आफ्नी छोरी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन् । आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन् ।’

यो ट्विट देखेपछि मानिसहरुले अभिनेतालाई ट्रोल र प्रतिक्रिया दिन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ