- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आजको प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् । गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाबारे प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा जवाफ दिन लागेका हुन् ।
राष्ट्रिय सभाको बैठकमा जवाफ दिइसकेका प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा जवाफ दिइसकेसँगै १५ गते सोमबार संघीय सरकारले वार्षिक बजेट सार्वजनिक गर्नेछ ।
गत जेठ ७ गतेदेखि नै सांसदहरुले सरकारको नीति तथा कार्यक्रमका बारेमा आफ्नो धारणा राखिसकेका छन् । प्रतिपक्षले नीति तथा कार्यक्रम पुनः लेख्नुपर्ने तथा सत्तापक्षले नीति तथा कार्यक्रममा सबै कुरा समेटिएको भनेर प्रशंसा गर्ने बाहेक धेरैजसोले खासै विचार नराखेको भए पनि केही विचार भने कडा आएका छन् ।